सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाण्डौ । सरकारसँग सहमतिको सम्भावना नदेखेको राष्ट्रिय जनता पार्टी (राजपा) का माग सम्बोधन गर्ने विषयमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरु विच छलफलमा भइरहेको छ ।
आउदो जेठ १४ मा हुन गईरहेको निर्वाचनमा राष्ट्रिय जनता पार्टी ९राजपा० ले भाग नलिने बताएको छ भने उसले चुनाव प्रभावित पार्नको लागी विभिन्न आन्दोलनको घोषणा समेत गरीसकेको छ ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु समेत छलफलमा जुट्न लागेका हुन् ।
प्रमुख ४ दलको बैठक बेलुकी साढे ५ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा हुन लागेको हो । सहमतिको सम्भावना सकिएको भन्दै आन्दोलनमा उत्रेको राजपालाई सहमतिमा ल्याउन अधिकतम प्रयास हुने नेताहरुले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा