सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ कार्तिक । उन्नाइस वर्षमुनिको महिला क्रिकेट टोली पहिलो पटक यू(१९ विश्वकपमा छनोट भएको छ।यूएईमा जारी एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।
नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् ।
नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
महिला टोलीले अब अर्को वर्ष मलेशियामा हुने विश्वकपमा सहभागिता जनाउने छ। सोह्र राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेरसमूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा