सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ कार्तिक । शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर २ हजार ७३४ दशमलव ८३ विन्दुमा झरेको छ ।
यसदिन ३०८ वटा कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ७ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३३ करोडको शेयर किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सप्तकोशी विकास बैंक, शृजनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा