सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले गरेका हुन् ।
एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ । जर्सिको कलर पहेँलो रहेको छ ।
जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए ।
सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ ।
क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्ल्ेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०,२५ वर्षदेखि जुन उपलब्धी हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तरराष्ट्रियस्तरबाट ठुलो ठुलो लगानीकर्ताहरु भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा