सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ कार्तिक । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार बढेको छ । हिजो साढे ६२ अङ्कले बढेर शेयर बजार परिसूचक नेप्से आज सोमबार २२ दशमलव १४ अङ्कले बढेर २ हजार ७६० दशमलव २१ विन्दुमा पुगेको छ ।
दुई महिनायताकै उच्च कारोबार भएको यसदिन ३०२ वटा कम्पनीका २ करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै साहास उर्जाको ३८ करोड भन्दा बढिको किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा