सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ कार्तिक । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो ।
मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आजै प्रहरीले विराटनगरबाट पक्राउ गरी काठमाडाैं ल्याएको थियो । जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको छ ।
मन्त्रीको हैसियतमा जापान भ्रमण गर्दा उनले आफूसँगै केही व्यक्तिहरूलाई लगेको थिए । जापानले उनलाई र उनीसँगै गएका व्यक्तिलाई डिपोर्ट गरेपछि यो विषय सार्वजनिक भएको थियो ।
अनुमति नै नलिई जापान भ्रमणमा निस्केपछि उनले मन्त्रीबाट समेत राजीनामा दिनुपरेको थियो भने एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । अधिकारीसँगै जापान पुगेका तीन जना र अन्य तीन जना अहिले प्रहरी हिरासतमा छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा