सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ कार्तिक । सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ।
यस्तै, कसुरमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईं र गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार रामबहादुर खनालमाथि पनि अनुसन्धान गर्न प्रहरीले त्यति नै म्याद पाएको छ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा