सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ कार्तिक । साताको पहिलो कारोबारको दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर २ हजार ७३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
यसदिन ३२५ वटा कम्पनीको २ करोड २४ लाख कित्ता शेयर ९ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन गुराँस लघुवित्त, शृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सानिमा ग्रोथ फन्डको शेयर भने झन्डै ७ प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा