सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।
उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा काठमाडौं पठाउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्र कुवेर खापुङले बताए ।
पूर्वमन्त्री अधिकारी आज आफैँ प्रहरीमा आत्मसमर्पण गर्ने तयारीमा समेत थिए ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो। ‘पक्राउ परिसक्नु भएको भन्ने छ। आजै काठमाडौं ल्याइन्छ’, परिसरका एक उच्च अधिकारीले भने।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा