सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, ३० जेठ– धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेको व्यापारी गोपाल हमालको गाडीमा वियरको बोतल भेटिएका छन् । उनले प्रचार प्रसारका प्रयोग गरिरहेको व्यानरसहितको गाडीमा सोमबार दिउँसो ४२ पेटी टुवोर्ग वियर भेटिएको प्रहरीले जनाएको छ । उक्त गाडी हमालको प्रचार प्रसारका लागि धनगढीको एलएन चोकबाट क्याम्पस रोड जाँदै थियो ।
चुनाव प्रचार प्रसारका क्रममा उनले यसअघि पनि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दलनका कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।
त्यस्तै शनिवार धनगढीको तारानगरमा उनले स्वास्थ्य शिबिर नै सञ्चालन गरी निशूल्क औषधी समेत बितरण गरेका जनाइएको छ । चुनाव प्रचारका लागि उनले केही ठाउँमा नगद समेत वितरण गरेका अन्य दलका कार्यकर्ताको भनाइ छ । यसअघि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हमाल धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवार उठेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा