सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ कार्तिक । सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ ।
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी भएको हो।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने २ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन् । कास्कीमा उनलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ । तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन्।
अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ । पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाइएको छ। यद्यपि मंगलबार नै पठाउने वा छठसम्मका लागि म्याद थपेर पोखरामै अनुसन्धान गर्ने भन्नेमा भने प्रहरी निष्कर्षमा पुगेको छैन। उनलाई थप अनुसन्धानकै लागि रुपन्देही लाने तयारी गरिएको छ।
रुपन्देही प्रहरीका अनुसार कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रुपन्देही ल्याएर अनुसन्धान गर्न हुने प्रहरीको भनाइ छ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले रुपन्देही जिल्ला अदालतबाट कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा