सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सभापति रवि लामिछानेको निष्पक्ष रुपमा अनुसन्धान गर्न माग गरेकी छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद कार्कीले रबिको निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरेकी हुन्।
उनले सभापति रवि लामिछानेसँग प्रहरीले पर्याप्त बयान नलिने गरेको आरोप पनि लगाएकी छन् ।
जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबी समेत गरिन ।
तोसिमाले भनेकी छन्, ‘यता थुनामा राखिरहने, अनुसन्धान पनि नगर्ने, पर्याप्त बयान पनि नलिने अनि म्याद चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा