सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा आए पछि स्थानिय बासिहरुलाई सहज भएको छ ।
पुल कुल १ सय ४७ मीटर लम्बाइ र करिव २७ मिटर उचाइ भएको झोलुङ्गे पुल शुक्रवार विधिवतरुपमा उद्घाटन गरि सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानियहरुलाई जिल्ला सदरमुकाम गमगढी बजार आवत जावत गनकालागि निकै सहज तथा दुरि छोटो भएको हो ।
छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको थियो ।
मुगु जिल्ला कै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घघाटन गर्नु भएको थियो भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका थिए ।
चैन खोलामा झोलुङ्गे पुल निमार्ण भएसंगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न जान सहज हुनुका साथै बालबालिकालाई बजारमा रहेका निजि तथा सामुदायिक विद्यालयहरु पुग्न सहज तथा छोटो भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
गत १०८१ साल बैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रा।लीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो तर पुल निर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिनाभित्रै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
चैनखोला झोलुङ्गे पुल उद्घघाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
चैनखोला झोलुङ्गे पुलमा सिसि क्यामारा सडक बत्ति संगै पुलको दुबै भागको टुपामा राष्ट्रिय झण्डा गाडिए संगै थप रौकन थपिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा