सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ जेठ । प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गर्नुभएको छ ।
आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार र प्रचारमा कुनै सत्यता नरहेको गृहमन्त्री शर्माले बताउनुभयो । रासससँग कुरा गर्दै मन्त्री शर्माले आफूले गृह मन्त्रालय सम्हालेको एकाध दिन मात्रै भएको र आफूले सबै विषयमा जानकारी नै नलिएको अवस्थामा आफूलाई थाहा नै नभएको विषयमा गरिएको प्रचार सत्य र यथार्थ नभएको स्पष्ट पार्नुभयो ।
“प्रहरीको सरुवा, बढुवा प्रहरी प्रधान कार्यालयले गर्छ, त्यसमा मन्त्रीले अनावश्यक चासो राख्नुको कुनै अर्थ रहँदैन” उहाँले भन्नुभयो, “म सरुवा बढुवामा लागेको छैन, म गृह प्रशासन बुझ्दैछु, सुरक्षाको दृष्टिकोणले के गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीको अधिकारको विषय हो ।” रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा