सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी। अमेरिका एक ३१ वर्षे युवकले ट्याटु बनाएपछि अटेरि गरेका कारण अकालमा नै ज्यान गुमाउनु परेको छ । अमेरिकाको टेक्सासका बिलमार्क नाम परिवर्तन गरेका युवकले ट्याटु बनाएर ५ दिनपछि उनी नुहाउन गल्फ अफ मेक्सिकोमा गए त्यसको लगत्तै उनलाई ज्वरो आएपछि ट्याटु वरिपरि इन्फेक्सन भएर ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
ट्याटु मास्टरले तत्कालै ननुहाउन दिएको सल्लाहलाई नकारेर ५ दिनपछि उनी नुहाउन गल्फ अफ मेक्सिकोमा गए लगत्तै उनमा समस्या देखिएको हो । उनलाई ज्वरो आयो र ट्याटु वरिपरि इन्फेक्सन भयो। उनको ट्याटुमा मासु खाने ब्याक्टेरियाले आक्रमण गर्यो र उनको मिर्गौला खराब भयो । समाचारमा जनाइए अनुसार बिलले ट्याटुमा येशु नै मेरो जिन्दगी हो लेखेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा