सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ । धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका गल्लीहरु खोलामा परिणत भएका छन् ।
देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।
लवे अधिकारीहरूले मलागा नजिकै ३०० जना बोकेको रेल पटरीबाट खसेको बताए । यद्यपी मानवीय क्षति भने भएको छैन । भ्यालेन्सिया सहर र म्याड्रिड बीचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ ।
अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठूलो क्षति पुर्याएको छ । घरहरुमा कयौं फिट पानी भरिएको देखिएको छ । प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेका थिए ।
स्पेनको आपतकालीन कार्यदलका १,००० भन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ । स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपतकालीन समिति गठन गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा