सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ कार्तिक । नेपाललाई २–१ पराजित गदै साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
निर्धारित ९० मिनेटको खेलमा थपिएको ५ मिनेटमा नेपालले गोल फर्काउन नसक्दा बंगलादेशले २–१ गोलले उपाधिमा कब्जा गरेको हो ।
बंगलादेशले पहिलो गोल खेलको ५१औ तथा दोस्रो गोल ८० मिनेटमा गरेको हो ।
खेलको ८० औँ मिनेटमा बंगलादेशले पुनः गोल गरेको थियो । त्यसपछि कुनै पनि गोल गर्न नसकेपछि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा