सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ कार्तिक । तिहार बिदाअघि शेयर बजार बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार १४ दशमलव ४३ अङ्कले घटेर २ हजार ६७७ दशमलव ६२ विन्दुमा झरेको छ ।
यसदिन ३०५ वटा कम्पनीका १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल कम्पनीको शेयर झन्डै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा