सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ कार्तिक । गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
बैंकले आज कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा हुन गईरहेको नेपाल र बंगलादेशबीचको खेलमा प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको हो ।
बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा