सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ कार्तिक । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ६९ अङ्कले बढेर २ हजार ६९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
कारोबार रकम पनि बढेको यसदिन ३१९ वटा कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै २ प्रतिशतले घटेको छ ।
हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा