सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ ।
असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ ।
प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा