सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “स्काईवाक नेपाल” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “स्काईवाक नेपाल” मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काईवाक नेपाल का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काईवाक टावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले पोखरास्थित “Kuti Resort” मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित “Jungle Villa Resort” र मकवानपुरस्थित प्रख्यात “Tistung Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा