सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ कार्तिक । साताको दोस्रो कारोबाको दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर २ हजार ६४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।
यसदिन ३०७ वटा कम्पनीको १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा