सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेको छ। कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्ता पुँजीमा राष्ट्र बैंकले तोकेको पुँजी संरचना अनुपात कायम हुनेगरी नपुग सेयर रकम बराबरको एफपीओ निष्कासन गरेको हो ।
राष्ट्र बैंकले सर्वसाधारणको सेयर अनुपात कम्तिमा ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्न लागेको हो ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा