सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको हो ।
खेलको अन्तिम समयमा विवादास्पद पेनाल्टीको कारण युनाइटेडको हार भएको हो। पहिलो हाफमै धेरै अवसर गुमाएको युनाइटेडले वेस्ट ह्यामका जारोड बोवेनको पेनाल्टी गोलले हार बेहोर्नुपरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा घरेलु टोली वेस्टह्यामका क्रिसेन्सियो सुमरभिलले डेनियल इंग्सको पासमा गोल गर्दै अग्रता दिलाए ।
८१ औं मिनेटमा जोसुवाको पासमा कासेमिरोले गोल गरेपछि मेनचेस्टर युनाइटेड खेलमा फर्किएको थियो ।
तर, दोस्रो हाफको इन्ज्योरी टाइममा वेस्टह्यामले पेनाल्टी पाएको थियो । भारको सहायताले पाएको पेनाल्टीमा जारोडले गोल गर्दै वेस्टह्यामलाई २–१ को जीत दिलाए । जीतपछि वेस्टह्याम र म्यानचेस्टर दुवैको समान ११ अंक भएको छ भने १३ औ र १४ औं स्थानमा रहेका छन् ।
खेल पछि म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले वेस्ट ह्यामसँग २–१ को हारलाई ‘अन्यायपूर्ण र अनुचित’ भनेर प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा