सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) साताको दोस्रो दिन पनि १० अंकले घटेको छ । नेप्से परिसुचक ९.९७ अंकले घटेर १५८०.५२ अंकमा झरेको हो।
साताको पहिलो दिन ७१ करोड रुपैयाँको कारोबार भएकोमा दोस्रो दिन ४९ करोड ८८ लाखमा झर्न पुग्यो।
सोमबार नेप्सेमा १ सय ३८ कम्पनीका ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएका छन् । नेप्सेका सबै उपसमुहहरु घटेका छन् ।
बैंकिङ समुह ७.४९, होटल समुह २८.९९, विकास बैंक समुह १२.९८, जलविद्यृत समुह २३.३८, वित्तीय समुह २.४, बीमा समुह ८१.०६, उत्पादन मुलक समुह ७.३ र अन्य समुह १.७३ अंकले घटेका छन् ।
कारोबार रकमका आधारमा यस दिन आरएसडिसी लघुवित्त सबैभन्दा अगाडि रह्यो। कम्पनीको ५ करोड ४४ लाखको कारोबार भयो। आज वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाएका छन् । त्यसै, नेस्नल माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ६.९७ प्रतिशतले कमाएका छन् ।नेसनल माइक्रोफाइनान्सको मूल्य ७ प्रतिशतले बढ्यो भने अन्यमा मूल्य बढ्ने कम्पनीको भने ३ प्रतिशतमुनि रह्यो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा