सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवनमा आयोजना भएको ‘मिस एसइइ चितवन’को उपाधि अनुष्का रानाभाटको पोल्टामा गएको छ । प्रतियोगीतामा सहभागी २८ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले यो उपाधि जितेकी हुन् । अनुष्कालाई मिस चितवन सुमन गुरुङले ताज लगाइदिएकी थिइन् ।
‘लिभ एण्ड लिड इन्टरनेशन’ल प्रालिले यो कार्यक्रमको आयोजना गरेको हो । उनले नगद २० हजारसहित उपाधि जितेकी हुन् । यस्तै, फस्ट रनरअप भूमिका आचार्य, सेकेन्ड रनरअप सुजता ढकाल, थर्ड रनरअप करिना श्रेष्ठ र फोर्थ रनरअप स्वेता अर्याल हुन सफल भए ।
उपाधि विजेता अनुष्कालाई अक्सफोर्ड कलेजले प्लस टु सम्मको अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको छ । यो कार्यक्रम अब हरेक बर्ष आयोजना हुने आयोजकले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा