सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ कार्तिक । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपहिरोको क्षती यकिन कागजात उपलब्ध गराई दाबी रकम लिन अनुरोध गरेको छ ।
निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठुलो बिमा कम्पनिको रुपमा आफ्नो अलग्गै पहिचान बनाउन सफल शिखर इन्स्योरेन्सले आश्विन ११ गतेदेखि देशभर तीन दिन सम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले देशभर पुर्याएको ठूलो धनजनको क्षतिको यकिन गरी दाबी रकम निक्यौल गर्न बिमितहरुमा आग्रह गरेको हो ।
केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले शिखर इन्स्योरेन्सलेआवश्यक कागजात उपलब्ध गराउन सुचना जारी गरेको छ ।
कम्पनिले हालसम्म बाढीपहिरोको बीमा दाबीहरुमध्ये ६० प्रतिशत बीमा दाबी भुक्तानी गरिसकेको छ ।
साथै, शिखर इन्स्योरेन्सल नियुक्त गरेका सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ।
दाबी प्रक्रिया सम्बन्धि थप सहयोग तथा जानकारीको लागि कम्पनीको सम्बन्धित प्रतिनिधि वा सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिने कम्पनिले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा