सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ कार्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८१/८२ को पहिलो त्रैमासिकमा १ अर्ब ४६ करोड कमाएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार हिलो ३ महिनामा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको हो।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा यस्तो आम्दानी ६.८३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो बैंकले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.०६ प्रतिशतले बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणा रहेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा