सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ महिनामा १ अर्ब ५१ करोड भन्दा बढि कमाएको छ ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी २१।१४ प्रतिशत बढेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९।४० प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा