सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रक्षामन्त्री मानवीर राईले सरकार गठन भएपछिको पहिलो सय दिनको अवधिमा सम्पादन भएका प्रमुख कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयबाट भएका मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेका हुन् ।
यस्ता छन् कार्यहरूको प्रगति विवरण ः
(क) राष्ट्रिय सुरक्षा क्षेत्रमा सम्पादन गरिएका प्रमुख कार्य
१. मिति २०८१÷०५÷०९ गते राष्ट्रिय सुरक्षा परिषद्को ३४ औं बैठक बसी राष्ट्रिय सुरक्षासँग सम्बन्धी विभिन्न निर्णयहरू गरिएको,
२. नेपालको संविधानको भाग २८, धारा २६६(३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष (२०७१÷८० र २०८०÷८१) को छैटौ र सातौं वार्षिक प्रतिवेदन तयार गरी सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गरिएको,
३. राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा मिति २०८१।०४।२२, २०८१।०५।२० र २०८१।०६।२१ गते क्रमशः एकीकृत राष्ट्रिय सुरक्षा इन्टेलिजेन्स संयन्त्रको आठौँ, नवौं र दशौं बैठक सम्पन्न भई विभिन्न निर्णयहरू भएको,
४. मिति २०८१ भाद्र १३ र १४ गते राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा “राष्ट्रिय सुरक्षामा वातावरणीय विनाशको असर र दिगो विकासका उपायहरू“ विषयमा सेमिनार आयोजना गरिएको,
५. राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट दैनिक, साप्ताहिक तथा पाक्षिक रूपमा राष्ट्रिय सुरक्षा विश्लेषण प्रतिवेदन तयार गरी सम्बन्धित पदाधिकारीहरूसमक्ष नियमित रूपमा सम्प्रेषण गरिएको,
(ख) नीतिगत÷कानूनी क्षेत्रमा सम्पादन गरिएका प्रमुख कार्य
६. राष्ट्रिय सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत कार्ययोजनामा रक्षा मन्त्रालय र नेपाली सेनालाई जिम्मेवारी तोकिएको कार्यहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिएको छ। राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ कार्यान्वयनको लागि नेतृत्व, अन्तर–निकाय समन्वय र सहजीकरण गरिएको छ,
७. राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा गरिएको,
८. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदा उपर विभिन्न मन्त्रालयबाट प्राप्त राय सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावलोकन÷परिमार्जन गर्ने कार्य भइरहेको,
९. सैनिक सेवा (छैटौ संशोधन) नियमावली, २०८१ को मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा राय÷सहमतिको लागि पठाइएको,
१०. सैनिक प्राविधिक सेवा नियमावली, सैनिक विविध सेवा नियमावली, सैनिक हवाई सेवा नियमावली र सैनिक प्राड सेवा नियमावलीको संशोधन मस्यौदा तयार गरिएको,
११. नेपाली सेना भर्ना छनौट कार्यविधिको मस्यौदा तयार गरिएको।
१२. राष्ट्रिय सुरक्षा परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको।
१३. नेपाल सवारी प्रदूषण मापदण्ड, २०८१ को मस्यौदा उपर वन तथा वातावरण मन्त्रालयलाई र सडक सुरक्षा विधेयकको मस्यौदा उपर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई राय÷प्रतिक्रिया पठाइएको।
१४. विभिन्न मन्त्रालय÷निकायबाट राय प्रतिक्रिया÷सहमति माग गरिएका विषयमा समयमै तत् तत् निकायमा राय÷प्रतिक्रिया÷सहमति उपलब्ध गराइएको।
(ग) प्रशासनिक क्षेत्रमा सम्पादन गरिएका प्रमुख कार्य
१५. सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौताको आधारमा माननीय मन्त्री र सचिव तथा सचिव र नेपाली सेनाका प्रधान सेनापतिबीच कार्यसम्पादन सम्झौता गरी तदनुसार कार्य भइरहेको।
१६. सम्माननीय राष्ट्रपतिज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा नेपाली सेनामा रिक्त रहेको महारथी प्रधान सेनापति पदमा मिति २०८१÷०५÷२४ देखि लागू हुनेगरी बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको।
१७. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।०५।१३ को निर्णय अनुसार संयुक्त राष्ट्रसङ्घको म्भउबचतmभलत या एभबअभ इउभचबतष्यलक मा ब्ककष्कतबलत क्भअचभतबचथ न्भलभचब ितहको ःष्ष्तिबचथ ब्मखष्कयच पदमा कामकाज गर्न प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिने प्रयोजनका लागि नेपाली सेनाका व्य.नं. १७६२ का उपरथी श्री प्रेमध्वज अधिकारीलाई रथी दर्जामा स्थानीय बढुवा गरी उक्त प्रतिस्पर्धामा सफल भएमा सो पदमा कामकाज गर्न जान स्वीकृति प्रदान गरिएको ।
१८. निजामती सेवा दिवसको अवसरमा मन्त्रालय परिसरमा वृक्षरोपण तथा सरसफाई एवं सौन्दर्यकरण को कार्य गरिएको।
१९. नेपाली सेनातर्फ अधिकृत स्तरका विभिन्न पद (महारथी÷उपरथी÷सहायक रथी÷महासेनानी) मा ३३ जनाको बढुवा गरिएको। विभिन्न ट्रेडका गरी ६६ जना उपसेनानी र ३३ जना क्याडेटलाई नियुक्ति प्रदान गरिएको। ५ जना सैनिक अधिकृतहरूको पदावधि थप गरिएको। विभिन्न तहका सैनिक अधिकृतहरू गरी कुल ५३ जनाको सरुवा गरिएको। विभिन्न तहका सैनिक अधिकृतहरू गरी कुल १६ जनाको राजीनामा स्वीकृत गरिएको।
२०. नेपाली सेनाका सकल दर्जाका कुल २१९ जनालाई वैदेशिक तालिम÷सेमिनार÷खेलकुद प्रतियोगिता ÷ भ्रमणमा सहभागी गरिएको। सो अन्तर्गत संयुक्त अधिराज्यको लण्डनमा मिति २०८१ असोज २३ देखि २५ गतेसम्म आयोजित ऋबmदचष्बल एबतचय–िद्दद्ध मा सहभागी विश्वका ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टिमहरूमध्ये नेपाली सेनाको टिमले उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएको।
(घ) विकास निर्माण क्षेत्रमा सम्पादन गरिएका कार्य
२१. काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको । सय दिनको अवधिमा १.०४% प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६.४२% पुगेको । आयोजनाको कुल वित्तीय प्रगति ३८.५५% रहेको।
२२. काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं.–२ मा पर्ने धेद्रे सुरुङ्ग मार्ग मिति २०८१÷०४÷२१ मा छिचोल्ने कार्य सम्पन्न भएको।
२३. काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका लागि खोकना बुङ्गमती क्षेत्रमा आवश्यक भै अधिग्रहण गरिएको २२५ रोपनी जग्गाको मुआब्जामा पूँजीगत लाभकर छुट दिन नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०८१÷०५÷१३ मा निर्णय भई यससम्बन्धी सूचना २०८१÷५÷२४ मा नेपाल राजपत्रमा प्रकाशन गरिएको।
२४. द्रुतमार्गको शुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गत च्भकभबचअज बलम त्चबष्लष्लन ग्लष्त (च्त्ग्) बाट बिस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकोमा अध्ययनको चरणमा रहेको ।
२५. दूतमार्ग अन्तर्गत मौरीभीर खण्डको निर्माण सम्बन्धमा मिति २०८१।०७।०२ गते उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समितिको बैठक सम्पन्न भई विस्तृत आयोजना प्रतिवेदन (डि.पि.आर.) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको ।
२६. आयोजना अन्तर्गत रहेका जम्मा ८९ पुलहरूमध्ये ८५ स्थानका पुलहरु निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको । हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको।
२७. द्रुतमार्ग आयोजना अन्तर्गत हालसम्म ३१,९५० वटा रुखहरु कटान सम्पन्न भएको तथा कटान गरिएका रुखहरुको बदलामा हालसम्म ७,०५,५५२ नयाँ बिरुवा रोप्ने कार्य सम्पन्न भएको।
२८. कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुकाखोला खण्ड) सडक आयोजनामा ०.२९% कि.मि. थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३.७९ कि.मि. पुगेको ।
२९. कोशी कोरिडोर (च्याम्ताङ्ग–घोडघप्पा खण्ड) मा ०.४१ कि.मि. थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको कुल समष्टिगत प्रगति ८.९१ कि.मि. रहेको ।
३०. महाकाली कोरिडोर दार्चुला–टिश्वर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजना अन्तर्गत थप ०.२ कि.मि. सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई २०८१ असोज मसान्तसम्म कुल समष्टिगत प्रगति १३.६ कि. मि. रहेको।
३१. बेनिघाट–आरुघाट–लार्केभञ्याङ्ग सडक आयोजना अन्तर्गत थप ०.३२ कि.मि. सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई २०८१ असोज मसान्तसम्म कुल समष्टिगत प्रगति ३८.२ कि.मि. रहेको।
३२. बंकरदेखि व्यारेक कार्यक्रम अन्तर्गत मुलुकका विभिन्न स्थानमा ७३ वटा व्यारेक भवनहरूको निर्माण कार्यक्रमको बोलपत्र आह्वान भई ५४ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता समेत भै निर्माण कार्य प्रारम्भ भएको।
३३. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (ल्म्ग्) को भौतिक संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृत भई विभिन्न प्याकेजमा काम भइरहेको। चालु आर्थिक वर्षको २०८१ असोज मसान्तसम्म आयोजनाको भौतिक प्रगति २४.२१ र वित्तीय प्रगति १७.२२% रहेको।
(ङ) विपद् व्यवस्थापन क्षेत्रमा सम्पादन गरिएका कार्य
३४. मिति २०८१ असोज ११ र १२ गते परेको मुसलधारे वर्षा र सो वर्षापछि आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यमा नेपाली सेना तत्काल परिचालन गरिएको । साथै, उद्धार कार्यमा नेपालभरि ३८३ स्थानमा प्रत्यक्ष रूपमा ७,४८७ सैनिक फौज खटिएको, ७ स्थानमा हवाई उडान मार्फत खाद्यान्न ढुवानी गरिएको, १६ वटा शव हवाई उडान मार्फत व्यवस्थापन गरिएको । उक्त बाढीको समयमा सिस्नेरी खोलामा आएको बाढीमा फसेका ३२ जना फुटबल खेलाडीहरूको सकुशल उद्धार गरिएको।
३५. यस अवधिमा सुत्केरी ४५ जना, घाइते तथा बिरामी ३१ जना, मनसुनजन्य विपद्मा परेका ९५९ जना गरी १०३५ जनाको नेपाली सेनाद्वारा सकुशल हवाई उद्धार गरिएको।
३६. बाढी पीडितहरूलाई वितरणको लागि करिब २३.९६४ के.जी. राहत सामग्री र ४४५० लिटर डिजेल हवाई ढुवानी गरिएको।
३७. मिति २०८१ असोज ११ र १२ को भीषण बाढीले बगाएको सिन्धुली जिल्लाको खुर्कोटस्थित पुलको ठाउँमा नेपाली सेनाद्वारा बेलिब्रिज जडान गरी अवरुद्ध सवारी आवागमन सुचारु गरिएको।
३८. यस अवधिमा नेपाली सेनाबाट ४७ स्थानमा पहिरो पन्छाउने तथा ७ स्थानमा तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न भएको।
३९ . यस अवधिमा देशका विभिन्न १८ स्थानमा आगलागी नियन्त्रणका लागि नेपाली सेना खटिएको। जलवायु परिवर्तनको असरबाट सोलुखुम्बु जिल्लामा हिमताल विस्फोट भई थामे क्षेत्रमा आएको बाढीमा फसेका
४०. मानिसहरूको उद्धार कार्यमा १७९ सेनाका जवान खटाई उद्धार कार्य सम्पन्न गरिएको। सेनालाई जिम्मेवारी प्राप्त ७ वटा कार्यक्रममध्ये ६ वटा कार्यक्रमको
४१. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत नेपाली बोलपत्र आह्वान सम्पन्न भएको र १ वटा कार्यक्रमको क्तचगअतगचब िम्भकष्नल तथा म्चबधष्लन तयार पार्ने कार्य भइरहेको ।
४२. यस अवधिमा मुलुकका विभिन्न ११ स्थानमा स्वास्थ्य शिविर हेल्थ डेस्क सञ्चालन गरी १४७९ जनालाई स्वास्थ्योपचार ४३ गरिएको। ४४. वरिन्द्र अस्पतालबाट २०८१ असोज ३१ गतेदेखि २०८१ असोज मसान्तसम्म २ लाख ८३ हजार ३ सय ८२ सेवा उपलब्ध गराइएको।
४३. मुलुकका विभिन्न २३ उपचार केन्द्रबाट १०२६ जना सर्पदंशबाट पीडितहरूको उपचार गरिएको। २४ जनाबाट रक्तदान गरिएको
४४. वीरेन्द्र अस्पतालबाट २०८१ असोज ३१ गतेदेखि २०८१ असोज मसान्तसम्म २ लाख ८३ हजार ३ सय ८२ जनालाई स्वास्थ्योपचार सेवा प्रदान गरिएको।
४५. मिति २०८१।०३।३१ गतेदेखि २०८१ असोज मसान्तसम्म कुल ६.५३७ जनालाई सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको।
अन्तर्राष्ट्रिय शान्ति स्थापना सम्बन्धमा सम्पादन गरिएका कार्य
(च) अन्तराष्ट्रिय शान्ति स्थापना सम्बन्धमा सम्पन्न गरिएका कार्य
४६. संयुक्त राष्ट्रसंघको आह्वानमा इन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यको लागि सहयोग पुन्याउने सन्दर्भमा नेपाली सेनाबाट छनौट भई सिफारिस भएका १९०६ जना विभिन्न दर्जाको मनोनयन, शान्ति सेना सम्बन्धी विभिन्न तालिमहरूमा २३ जनाको मनोनयन गरिएको।
४७. हाल विभिन्न देशका ११ वटा शान्ति मिसनहरूमा नेपाली सेनाबाट ६५१ जना महिला सैनिकसहित विभिन्न दर्जाका गरी कुल ५९१८ सैनिक जनशक्ति शान्ति स्थापना कार्यमा खटिएको। हाल नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा फौज खटाउने मुलुकमा पहिलो स्थानमा रहेको। यसैगरी सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउने मुलुकका रूपमा समेत नेपालले पहिचान बनाएको।
(छ) द्विपक्षीय सैनिक सम्बन्ध र सहयोग आदान–प्रदानका क्षेत्रमा सम्पादन गरिएका कार्य
४८. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०५।०६ को निर्णय बमोजिम अमेरिकाको ज्यलयगिगि, ज्बधबष्ष् मा मिति २०८१÷०५÷१९ गतेबाट ऐ. २१ गतेसम्म नेपाली सेनाका उपरथी कृष्णदेव भट्टको नेतृत्वमा रक्षा तथा पराराष्ट्र मन्त्रालयको प्रतिनिधि–१÷१ (एक÷एक) सहितको १३ सदस्यीय टोली सहभागी भई नेपाल र संयुक्त राज्य अमेरिकाबीचको पाचौं संस्करणको ीबलम ँयचअभक त्बपिक को बैठक सम्पन्न भएको।
४९. काठमाडौस्थित अमेरिकी राजदूतावास अन्तर्गत इााष्अभ या म्भाभलअभ ऋययउभचबतष्यल (इम्ऋ) बाट सन् २०२५ मा नेपाललाई त्झउभकत भ्हउचभकक (ःएब्त् त्भ्) क्तबाा एबिललष्लन ध्यचपकजयउ को आयोजक हुन अनुरोध भए बमोजिम मिति २०८१।०६।२९ गतेदेखि मिति २०८१।०७।०२ गतेसम्म उक्त ध्यचपकजयउ को क्ष्लष्तष्ब िएबिललष्लन ऋयलाभचभलअभ काठमाडौंमा सञ्चालन (आयोजना) गर्ने तथा ध्यचपकजयउ लगायत सोको तयारीको लागि ःष्म र ँष्लब िएबिललष्लन ऋयलाभचभलअभ हरू समेत सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको।
५०. मित्रराष्ट्र भारत, अमेरिका, संयुक्त अधिराज्य, पाकिस्तान गणतन्त्र कोरियाका महामहिम राजदूत÷उपनियोग प्रमुख÷सैनिक सहचारी र माननीय मन्त्री तथा सचिवबीच शिष्टाचार भेटघाट सम्पन्न भएको।
(ज) राष्ट्रिय सेवादलसम्बन्धी कार्य
५१. आ.व. २०८१÷८२ मा ७७०४ जनालाई राष्ट्रिय सेवा दल तालिम प्रदान गर्ने लक्ष्यअनुसार मिति २०८१÷०३÷१४ गतेबाट देशका ७७ वटा जिल्लाहरूमध्ये ७५ वटा जिल्लाका १६९ वटा विद्यालयहरुमा ७९ दिनको जुनियर डिभिजनका (६०८४ जना) क्याडेट छात्र–छात्राहरु सहभागी गराई ल्ऋऋ तालिम सञ्चालन भइरहेको ।
५२. मिति २०८१÷०४÷३१ गतेबाट २१ वटा जिल्लाका ४५ वटा विद्यालयहरूमा ७९ दिनको सिनियर डिभिजनका (१६२० जना) क्याडेट छात्र–छात्राहरू सहभागी गराई ल्ऋऋ तालिम सञ्चालन भइरहेको।
(झ) विविध कार्य
५३. सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट ड्रोन उडानमार्फत हुने छायाङ्कनको अनुमति लिने सम्बन्धमा विभिन्न शर्तसहित ड्रोन उडानको लागि सहमति दिने गरिएको।
५४. सूचना प्रविधि विभागबाट प्राप्त भएको न्यखभचलmभलत क्ष्लतभनचबतभम ध्भदकष्तभ ःबलबनझभलत क्थकतझ को त्झउबितभ मा आधारित नयाँ ध्भदकष्तभ लाई सञ्चालनमा ल्याई नियमित रुपमा अद्यावधिक गरिएको।
५५. आ.व. २०८०÷८१ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) अवधिको सूचनाको हकसम्बन्धी विवरण ध्भदकष्तभ मा राखिएको । सरोकारवालाबाट माग भएको सूचना उपलब्ध गराइएको। ५६. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार र राष्ट्रिय सतर्कता केन्द्र जस्ता नियामक निकाय मार्फत प्राप्त राय सुझाव एवं निर्देशनको प्राथमिकताका साथ कार्यान्वयन गरिएको ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा