सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ कार्तिक । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । आज मंगलबार नेप्से २५ दशमलव ८८ अङ्कले बढेर २ हजार ६६५ दशमलव ८१ अङ्कमा पुगेको छ ।
यसदिन ३१४ वटा कम्पनिको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा कारोबार किनबेच भएको छ । सबैभन्दा धेरै गुडविल फाइनान्सको १७ करोडभन्दा बढिको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको शेयर तीन प्रतिशत भन्दा धेरैले बढ्यो ।
आज रावा इनर्जी डेभलेपमेन्ट लिमिटेडको शेयर ८ प्रतिशत भन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज वीन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा