सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९,झापा : हावाहुरीसँगै परेको चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् ।
उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेकाले दमकस्थित लाइफलाइन अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययरत उनीहरु आइतबार बेलुका घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । पानी परेपछि उनीहरु रुखमा ओत लागेर बसेको अवस्थामा चट्याङ परेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा