सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, जेठ २९ – जंगली च्याउ खाँदा पाल्पामा एक बालकको ज्यान गएको छ । दुईजना गम्भीर बिरामी परेका छन् ।
गएको शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका निस्दी गाउँपालिका–४ मित्यालका चारवर्षका उमेश गाहाको आइतबार बेलुका लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी भएका उमेशकी हजुरआमा ४५ वर्षिया रिखिसरा गाहा र ठूलीआमा २२ वर्षिया यानमायाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । अस्पतालकी डा. रिश्ना मल्लका अनुसार बिरामी यानमायाको अवस्था गम्भीर छ । छिमेकी युवराज गाहाका अनुसार गाउँ नजिकै जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेको खवर गाउँलेले एक दिन पछि मात्रै थाहा पाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा