सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ कार्तिक । साताको दोस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । आइतबार पहिलो कारोवार दिन ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा झरेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको यसदिन ३१९ कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर ५ अर्ब ९० करोड रुपैयाँमा कारोबार किनबेच भएको छ । सबैभन्दा धेरे हिमालयन्स रिइन्स्योरेन्सको शेयर २२ करोडभन्दा बढिको किनबेच भयो ।
आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे हुँदा फाइनान्स, बैंक, जलविद्युत्, लगानी, जीवनबीमा र अन्य समूहको शेयर मूल्य उच्च अङ्कले घट्यो ।
आज नादी ग्रुप पावरको शेयर ८ प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा