सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ कार्तिक । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर २ हजार ६९७ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले घटेको छ ।
यसदिन ३१५ वटा कम्पनिका २ करोड ८ लाख कित्ता शेयर ८ अर्ब १८ करोड रुपैयामा किनबेच भयो । सबैभन्दा धेरै गुडविल फाइनान्सको ४५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाग्दा गुडविल फाइनान्सको ८.४१ प्रतिशत, एनआइसी एशिया डिबेञ्चरको ५.८३ प्रतिशत, बुटवल पावर कम्पनीको ५.०३ प्रतिशतले सेयर मूल्य घटेको छ । समग्रमा बजार घढेको दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर १० प्रतिशत र नागदी ग््रप पावरको शेयर भने ९.८९ प्रतिशतले बढेको छ ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा