सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ।
प्रचण्डले संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि विपक्षी दलहरूको बैठक बसेको हो।
समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले बैठक बोलाएको जनाइएको छ।
बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरु सहभागी छन्।
ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा