सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ कार्तिक । दशैंको विदापछिको दुई कारोबारमा उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४७ अङ्कले बढेर २ हजार ७४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।
यसदिन ३१६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ७ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।
आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा