सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै दक्षिण कोरियालाई पहिलो पटक ‘शत्रु राष्ट्र’ घोषणा गरेको छ । उत्तर कोरियाको संसदले गत हप्ता दुई दिनसम्म संविधान संशोधन गर्न बैठक बसेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले जनवरीमा दक्षिण कोरियालाई देशको प्रमुख शत्रु घोषणा गर्न आह्वान गरेका थिए ।
दुई देश जोड्ने सडक पारियो ध्वस्त
समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाले अब प्रयोगमा नआएका र कुनै समय उत्तर कोरियालाई दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गहरू भत्काएको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले दुई देशलाई जोड्ने सडक मार्ग काट्नुले दक्षिण कोरियालाई शत्रु राष्ट्रको रूपमा परिभाषित गरेको बताएको छ।
दक्षिण कोरियाको सेनाले मंगलबार उत्तर कोरियाली सेनाले दुई देशलाई जोड्ने सडक र रेल लाइनहरूमा विस्फोटक पदार्थ विस्फोट गरेको भिडियो फुटेज जारी गरेको छ।
किमले जनवरीमा दिएका थिए युद्धको धम्की
यस वर्ष जनवरीमा किम जोङ उनले दिएको भाषणमा उनले संवैधानिक परिवर्तनको माग गरेका थिए । किम जोङ उनले भनेका थिए कि यदि दक्षिण कोरियाले हाम्रो भूमि, वायु र जल क्षेत्रको 0.001 एमएम पनि अतिक्रमण गर्यो भने युद्ध हुनेछ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा