सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज । कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत लाभाशं दिने भएको छ । बैंकको आज बसेको १८ औं वार्षिक साधारणसभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको हो ।
बैंकको संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसैगरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०८१÷०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले शेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य संचालन गरिएको बताउ । थकालीले चालु आ.व.मा पनि बैंकले शेयरधनीहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताउनुभयो । उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत् स्वागत गरेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा