सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त शिष्टाचार भेट भएको हो ।
भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी
भेटका बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा