सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।
उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ ।
स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा