सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं | जेठ २८, कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त्र रुपमा बस्न पाउने र कुनै बाधा नहुने बताएको हो ।
कतारले विज्ञप्ती जारी गर्दै आफूसँग कुटनीतिक सम्बन्ध तोडेका देशका कुटनीतिज्ञ तथा नागरिकलाई स्वतन्त्र रुपले बस्न पाउने अवस्था रहेको र कुनै विभेद नहुने बताएको हो । साउदी अरब, युएइ, बहराइन लगायत खाँडी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोड्दै आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए ।
दोहाको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार कतारमा साउदीका ८ हजारभन्दा बढी, बहराइनका २ हजारभन्दा बढी र युएइका ७ सय ८४ जना नागरिक रहेका छन् । तर उनीहरुलाई पनि अरु नागरिक सरह व्यवहार गर्ने कतारले जनाएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा