सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज १९। हिन्दुहरुको महान पर्व वडादशैं सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ
सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन् ।
यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालीको दशैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा