सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८ , विराटनगर – मोरङको धनपालथान गाउँपालिका ६ स्थित रंगेली–विराटनगर सडक खण्डमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३०१५ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको को ५ प ९२१३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भएर सडकबाट पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे ११ का १९ वर्षीय सोनु दास, सोराभाग ४ का ३० वर्षींया प्रकासदास कामत, भारतीय नागरिक २२ वर्षीय रुक्सर खातुन, बाँसबारी ४ की ६० वर्षीया सत्यनारायण साह, गोविन्दपुर ६ का ५७ वर्षीय गोमा कटुवाल घाइते भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा