सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।
पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन् ।
प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियोे । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।
यसैगरी हल्दीबारी गाउपालिका–९ का बिवश लिम्बू , हल्दीबारी(१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।
उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
झापाको चारपानेमा पेट्रोल छर्केर अरु सवारी साधनमा आगजनी गर्ने उनीहरुको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान सुरु गरिएको छ ।
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुबै ट्रकका चनलक घाइते भएका थिए ।
प्रसाईलाई एकजना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा