सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ ।
कोसी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजा सहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशीता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो ।
जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।
जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा