सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला, ४ असोज । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले आयाेजना गरेकाे माबि स्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ ।
१० औं संविधान दिवस २०८१ काे अवसरमा आयाेजित वादविवाद प्रतियोगिता मालिकार्जुन नमुना माबि धापमा सम्पन्न भएकाे हाे । `सामाजिक संजालकाे प्रयाेग समाजका लागि वरदान कि अभिशाप´ शीर्षकमा आयाेजित वादविवाद प्रतियागिता अनेरास्ववियु महाकाली नगर कमिटी उपाध्यक्ष देबेन्द्र सामान्तकाे अध्यक्षता तथा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सुनिता धामीकाे प्रमुख आतिथ्यता मा सम्पन्न भएकाे छ ।
महाकाली नगरपालिका अन्तरगतका विभिन्न ६ विद्यालयका १२ जना प्रतियाेगिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको छ । प्रतियाेगि मध्ये मालिकार्जुन नमुना माबि धापका छात्र विराजमान बड प्रथम, माबि धापकै छात्रा जेनी धामी द्वितिय र महेन्द्र नमुना माबि खलंगामा अध्ययनरत छात्रा ज्याेती भट्टले तृतिय स्थान हासिल गर्नुभएकाे छ ।
कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जाेशी, उपाध्यक्ष कृष्ण धामी, काेषाध्यक्ष खडक सिह ठगुन्ना, नेपाल बुद्धिजीवी परिषद दार्चुलाका अध्यक्ष एवं दार्चुला बहुमुखी क्याम्पसका उप-प्राध्यापक धाना धामी, मालिकार्जुन नमुना माबि धापका प्रधानाध्यापक सुन्द्र सिह बुढाथोकी, रास्ट्रिय युवा संघ नेपाल महाकाली नगरपालिका संयाेजक रबिन्द्र सिह धामि काे आतिथ्यता रहेकाे थियाे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा