सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौंको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेको छ ।
बिहिबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ ।
डली चायवाला भारतको विभिन्न शहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन् । उनी आफ्नो व्यवसाय मात्र नभई
सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन् । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।
उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशंकर हिमश्रृंखलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा