सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ असोज । यो साताको अन्तिम कारोबारको दिन आज शेयर बजार सामान्य घटेको छ । भोली बिहिबार लोकतन्त्र दिवसमा बिदा हुनेभएपछि यो साताको अन्तिम कारोबार आज बुधबार शेयर बजार परिसूचक नेप्से ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ विन्दुमा झरेको छ ।
यसदिन ३२० वटा कम्पनिको १ करोड ३९ लाख कित्ता शेयर ५ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
आज बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन कालिका लघुवित्त र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा